गगन थापाले भने एमसीसीका पक्षमा मतदान नगर्ने सरकारमा बस्नुको अर्थ छैन


चितवनमा पत्रकारसँग कुराकानी गर्दै काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्ने सँग सरकारमा सँगै बस्न नसकिने बताएका छन्।
उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तर सँगै जान्छौँ भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेर सँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भए सँगै बस्न सकिँदैन ।”


प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार १०:५८ गते

ताजा समाचार