मच्छिन्द्र विजेता बन्दा आर्मी बन्यो उपविजेता


मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।​ शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सम्पन्न लिगको अन्तिम खेलमा मच्छिन्द्रले विभागीय क्लब एपिएफलाई २–१ गोल अन्तरले हराउँदा अपराजित रहँदै च्याम्पियन बनेको हो । लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता त्रिभुवन आर्मी कल्ब र तेस्रो भएको न्युरोड टिम ९एनआरटी० ले क्रमश ५० लाख र २५ लाख प्राप्त गर्‍यो ।


प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार १६:२६ गते

ताजा समाचार