आरती साह हत्या प्रकरणमा पति मोतीबाबु पक्राउ


काठमाडाैँ । धनुषाकी आरती साह हत्या प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

साहलाई प्रहरीले आज सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट पक्राउ गरेको हो। सो प्रकरणमा गत मंसिर २० गते सर्वोच्च अदालतले गरेको फैसलामा आरतीका पती साहलाई पक्राउ गर्ने आदेश दिइएको थियो।

गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको भन्दै आरतीका माइती पक्षले जाहेरी दिएका थिए। सो घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै माइती पक्षले लामो समयदेखि काठमाडाैंस्थित माइतीघरमा धर्ना दिँदै आएका थिए।


प्रकाशित : २०८० पुष ९, सोमबार १३:०८ गते

ताजा समाचार