आईसीसी यू–१९ विश्वकप : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल


काठमाडाैँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने दुई बजे शुरू हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जीत हात पारेको थियो ।

यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल अधुरै रहेको थियो भने एकमा नेपाल तथा एकमा पाकिस्तानले जीत हात पारेको थियो ।

सन् २००० मा श्रीलंकामा भएको यू-१९ विश्वकपमा नेपाल र पाकिस्तानबीचको खेल पूरा हुन सकेको थिएन । सन् २००२ मा नेपाल र पाकिस्तानबीच पुनः विश्वकपमा भेट भएको थियो । न्यूजिल्यान्डमा भएको विश्वकपमा भने नेपालले समूह चरणमै पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।


प्रकाशित : २०८० माघ १०, बुधबार १४:१० गते

ताजा समाचार