सभामुखलाई संविधानविदहरुको सुझावः प्रतिनिधिसभा बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुस्


संविधानविद्हरुले सभामुखले पनि प्रतिनिधिसभा बैठक आह्वानका लागि सिफारिस गर्न सक्ने सुझाव दिएका छन् । बिहीबार सभामुख अग्नि प्रसाद सापकोटाले गरेको अन्तरक्रियामा बोल्दै संविधानविद्हरुले संसद विघटन असंवैधानिक कदम भएको बताउँदै सभामुखले पनि संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न सक्ने सुझाव दिएका हुन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले सभामुख सापकोटालाई आवश्यक परेको खण्डमा कानुनी र संवैधानिक कदम चाल्न तत्पर हुन सुझाव दिए यस्तै, अधिवक्ता टीकाराम भट्टराईले सभामुखले संसद अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई आह्वान गर्नसक्ने बताए। उनले सभामुखलाई प्रधानमन्त्री र राष्ट्रपतिले संविधान नमानेको भनेर संविधान नमान्न छुट नभएको तर्क गरे। तर, संविधानले दिएको भूमिका भने सभामुखले निभाउनुपर्ने बताए। साथै संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमा घात गरेको बताउँदै संसद र प्रतिपक्षी दल मुकदर्शक बनेको बताए ।‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमा जुन घात गर्नुभो । त्यो सबैभन्दा ठूलो अपराध हो । त्यो राष्ट्रघात हो । संसद र प्रतिपक्ष त्यसप्रति मुकदर्शक भएकोमा मलाई आपत्ति छ,’ उनले भने ।

 

 


प्रकाशित : २०७८ जेष्ठ १३, बिहीबार १०:३६ गते

ताजा समाचार