प्रदेश दुईमा पनि काँग्रेस प्रवेश,३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाए । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने तयारी सँगै मन्त्रालयको भागबन्डाको विषय नमिलेपछि जसपा सरकारमा सहभागी नभएको हो । नवनियुक्त मन्त्रीमध्ये यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् । जसपा भित्र मतभेद विभाजनको नजिक पुगेको बेला उपेन्द्र यादव पक्षले ठाकुर पक्षीय मन्त्रीलाई हटाएपछि काँग्रेसको सत्ता यात्रा सहज भएको हो । यस अघि पनि कर्णाली प्रदेशमा काँग्रेशले दुई मन्त्रालयको जिम्मेवार पाइसकेको छ ।


प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार ०२:२७ गते

ताजा समाचार