माधव नेपाल निवासमा तीन नेता,अदालतको निष्पक्षता प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण


कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच माधव नेपाल निवास कोटेश्वरमा छलफल भएको छ। तीन राजनीतिक पार्टीका शीर्ष नेताबीच समयसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
वर्तमान गठबन्धनमा एकले अर्कोलाई उपयोग गर्ने नभएर राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि भएको तीनै नेताको बुझाइ छ। पछिल्लो राजनितिक घटनाक्रमको बारेमा तथा एकआपसमा विश्वासको बातावरण बनाएर अगाडी बढ्ने कुरामा पनि समजदारी भएको एक नेताले जानकारी गराए ।


प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १५:५८ गते

ताजा समाचार