माधव नेपाल निकट नेताले गरे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता


१० असार, काठमाडौं । नेकपा एमालेका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ ।

एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले पनि श्रमजीविको पक्षमा काम नगरेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईको भनाइ छ ।

 


प्रकाशित : २०७८ असार १०, बिहीबार ०१:५० गते

ताजा समाचार