विकास साझेदारहरूले भने- नेपालमा लगानीको वातावरण बन्दै गएको छ


काठमाडाैं । विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रमस्थल होटेल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइडलाइट वार्ता गरेका थिए। त्यस क्रममा उनीहरूले सरकारले हालै मात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताए।

यस्तै उनीहरूले सत्तारूढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गरे। सम्मेलन उदघाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उनीहरूको संकेत थियो।

विकास साझेदारहरूले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए। नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरूको भनाइ थियो।

बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव वैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्वसचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सहसचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए।

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न सिमेन गोल्ड ड्रागन र कोशी एनके मोटर्सबीच सम्झौता


प्रकाशित : २०८१ बैशाख १७, सोमबार १७:०७ गते

ताजा समाचार