एमाले एकताका लागि आज पनि कार्यदल बैठक बस्दै


माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले आजदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार बसेको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन गरिएको थियो । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथिको बहस सोमबारै सकिएकाले पनि यो मुद्दामा नेताहरू अव प्रवेश गर्न नचाहेको बताइएको छ । योसँगै सर्वोच्चको फैसला जे आउँछ त्यो मान्न दुवै पक्ष तयार भएको बुझिएको छ । यसले नेकपा विवाद समाधानको दिशामा अघि बढ्ने एमाले नेता कार्यकर्तामा आशा बढेको छ ।

एक अर्काप्रति आशङ्काको दृष्टिकोणले हेर्दै आएका अध्यक्ष ओली पक्ष र माधव नेपाल पक्षबीच खासगरी आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलबीच भएको छलफलसँगै कार्यदललाई औपचारिक रूपमा ब्यूँताएर छलफल थालिएको हो ।


प्रकाशित : २०७८ असार २२, मंगलवार ०३:०२ गते

ताजा समाचार