सभापति देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

सोमबार दिउँसो आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले पदाधिकारी बैठक बोलाएका हुन् ।

पदावधि सकिएका भ्रातृ संस्था, केन्द्रीय विभाग, केन्द्रीय कार्यसमिति बैठकलगायत विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पाैडेलले शनिबारदेखि पदावधि सकिएका भ्रातृ संस्थाबारे के गर्ने भन्ने विषयमा सिनियर नेताहरूबीच छलफल हुने बताए । उनले यही असारकाे अन्तिममा केन्द्रीय कार्यसमिति बैठक बस्न सक्ने भन्दै त्यसकाे मिति र तयारीबारे पनि छलफल हुने जानकारी दिए ।


प्रकाशित : २०८१ असार १७, आईतवार १५:०१ गते

ताजा समाचार