उपचारपछि ट्रम्प अस्पतालबाट बाहिरिए, भने– दायाँ कानमा गोली लागेको छ


एजेन्सि । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दायाँ कानमा गोली लागेको बताएका छन् ।  उनले कानुन कार्यान्वयन निकायलाई धन्यवाद दिएका छन् ।

उनी  सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समय अनुसार आइतबार बिहान) गोली चलेको थियो ।  सेक्रेट सर्भिस एजेन्टबाट घटनाका एक जना  आक्रमणकारी मारिएको  जनाइएको छ ।  दर्शक दीर्घामा रहेका अन्य केही घाइते भएको र उनीहरुको अवस्था चिन्ताजनक भएको समेत समाचारमा उल्लेख छ ।

पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चलेकोमा पूर्वराष्ट्रपति ट्रम्प घाइते भएका छन् ।  उनको अनुहार र कानमा रगत देखिएको छ । तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो ।  सुरक्षा निकायले सो घटनालाई हत्या प्रयासको रुपमा छानबिन थालेको जनाइएको छ ।

ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनापछि ट्रम्पसँग कुराकानी गरेका छन् ।  तर, के कुराकानी भयो भन्ने बारेमा खुलाइएको छैन । बाइडेनले पेन्सिलभानियाका गभर्नर जोश सार्पियो र बटलरका मेयर बोब डान्डोयसँग पनि कुरा गरेका छन् ।

दुई ना दर्शकदीर्घमा रहेका व्यक्ति सख्त घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  ट्रम्प आउँदो हप्ता मिल्वाउकीमा हुन लागिरहेको रिपब्लिकन पार्टीको सम्मेलनमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुनेछन् ।

सुरक्षा निकायका अनुसार गोली प्रहार करिब २००देखि ३०० फिट टाढाबाट एआर स्टाइल राइफलबाट  भएको थियो । घटनाको सर्बत्रबाट निन्दा भएको छ ।


प्रकाशित : २०८१ असार ३१, आईतवार ११:२० गते

ताजा समाचार