बागमतीमा पानीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार र सुकुम्बासी बस्ती डुबानमा


गएरातिदेखि परेको भीषण वर्षाले बागमती नदीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ।

काठमाडौं महानगरपालिका– १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) पानी पसेको छ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।


प्रकाशित : २०८१ श्रावण २२, मंगलवार ११:५४ गते

ताजा समाचार