मंसिरमा सवा ६ खर्ब रेमिट्यान्स भित्रियो


काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा सवा ६ खर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार मंसिरमा रेमिट्यान्स आय २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २३ प्रतिशतले बढेको थियो ।


प्रकाशित : २०८० पुष २६, बिहीबार १७:५२ गते

ताजा समाचार