सहकारीमा भएको ठगीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा ग्यालेक्सी टेलिभिजका पूर्वमहाप्रबन्धक रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनको सञ्चालक संस्था गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र राई (जीबी) विरुद्ध उजुरी परेको छ ।
सहकारी विभागमा उनीहरूविरुद्ध नेपाली नागरिकका तर्फबाट युवराज सफलले २ माघमा उजुरी दिएका हुन् । उनले विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई आधार मानी लामिछाने र र राई सहकारी ठगीमा मुछिएको उल्लेख गरेका छन् ।
विभिन्न सहकारीको रकम गैरकानुनी ढंगबाट टेलिभिजनमा लगानी गरी हिनामिना गरेको भन्दै उनीहरूमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन् ।
प्रकाशित : २०८० माघ ३, बुधबार १६:०२ गते