त्रिवि उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन


काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले दरखास्त दिएका छन्।

खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो। उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक १७ गते प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोकेका थिए।

त्रिवि ऐन २०४९ को दफा २१ को (ख) अनुसार दैनिक कार्यसञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ। यो तीन महिना माघ १७ गते सकिँदैछ। त्यसअघि नै उपकुलपति नियुक्ति गर्ने तयारी छ।

पुस २० गते उपकुलपति माग गर्दै पहिलो पटक विज्ञापन गरिएको थियो। उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रो पटक विज्ञापन गरिएको थियो।

उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वमा समिति पनि बनेको छ। यही समितिले उपकुलपति माग गर्दै आवेदन आह्वान गरेको थियो। आवेदन दिन १५ दिनको समय दिइएको थियो।

समयभित्रै ४३ जनाले आवेदन दिएका छन्। विभिन्न विश्वविद्यालयका उपकुलपति भइसकेकाहरूले पनि त्रिवि उपकुलपतिका लागि आवेदन दिएका छन्। त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि आवेदन दिएका छन्।

प्रा. डा. शिवलाल भुसाल
प्रा.डा. नन्दबहादुर सिंह
प्रा. डा.  लेखनाथ शर्मा 
प्रा. डा. तीर्थराज खनियाँ 
प्रा. डा. चन्द्रमणि पौडेल 
गुणनिधि न्यौपाने  
संगीता रायमाझी 
प्रा.डा. कुशुम शाक्य 
सञ्जय आचार्य 
प्रा.डा. टंकनाथ धमला 
प्रा.डा. आनन्द बल्लभ जोशी 
प्रा.डा. अक्कल देव मिश्र 
प्रा.डा. ऋदिश कुमार पोखरेल 
नारायणप्रसाद बेल्बासे 
प्रा. डा. ज्ञानेन्द्रप्रसाद पौड्याल
डा. विनय कुमार झा 
डा. सुभ नारायण पाठक
प्रा. डा. महानन्द चालिसे 
सूर्यबहादुर थापा 
प्रा.डा. वेदनाथ शर्मा 
प्रा.डा. नारायणप्रसाद बेल्बासे 
प्रा.डा. हेमराज पन्त 
डा. भोजराज अर्याल 
प्रा. डा. प्रकाश घिमिरे
भिमसेन देवकोटा 
प्रा.डा. प्रकाश घिमिरे
डा. रामचन्द्र बस्नेत 
प्रा.डा. एकराज ओझा 
प्रा.डा. केदारनाथ घिमिरे 
प्रा.डा. महेन्द्रप्रसाद शर्मा 
प्रा.डा. विनोद पराजुली 
प्रा.डा. देवबहादुर खड्का 
प्रा.डा. कृष्णराज तिवारी 
प्रा.डा. केशरजंग बराल 
प्रा.डा. गोविन्द सुवेदी
प्रा.डा. राजकुमार पोखरेल
प्रा.डा. नवराज देवकोटा 
बालमुकुन्द रेग्मी
प्रा.डा. रामप्रसाद रेग्मी 
प्रा.डा. चित्रबहादुर बुढाथोकी 
प्रा. डा. प्रमोद कुमार झा
प्रा.डा. त्रिरत्न बज्राचार्य 
प्रा.डा. इन्द्रबहादुर कार्की 


प्रकाशित : २०८० माघ ९, मंगलवार १४:५७ गते

ताजा समाचार