एमालेले कार्यकर्तालाई १० मिनेटमा मार्क्सवाद पढाउने शुत्र तयार गर्नुपर्छः केशव स्थापित


काठमाडौं । वाग्मती प्रदेशसभाका सदस्य केशव स्थापितले एमाले पार्टीको मुख्य लडाइँ नेपाली कांग्रेससँग भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) १६ नं वडा कमिटिले दशैं, तिहास तथा छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै स्थापितले कांग्रेसलाई खुइल्याउन सकियो भने एमाले स्वत स्थापित हुने दाविसमेत गरेका छन् । त्यसैगरी कार्यकर्तालाई १० मिनेटमा माक्र्सवाद बुझाउने शुत्र एमालेले बनाउनुपर्ने उनको धारणा थियो ।

उनले पाँच गठबन्धनलाई कटाक्ष गर्दै यो पाँचवटा डल्लो एकै ठाउँमा जेलिएको शक्ति भएको र चुनावसम्म जाँदा यो सकिने बताए । खसी खोइ ? भनेपछि गगन थापा सकिएको भन्दै उनले आफुसँग कांग्रेसलाई कसरी तहलगाउन सकिन्छ भन्ने शुत्र भएको दावि गरे ।


प्रकाशित : २०७८ आश्विन २०, बुधबार १०:२९ गते

ताजा समाचार