सन्जय थापा
प्रज्ञाप्रतिष्ठानको विशाल सभाहलमा अटाइनअटाइ देशभरीबाट युवा अखिलहरु रंगीविरंगी सपना बोकेर भेला भएका थिए । जनयुद्धका नायक कमरेड प्रचण्ड जब प्रज्ञाभवनको विशाल हलमा प्रवेश गर्नुभयो, तालि र हुटिङले केहीवेर हल गुञ्जयमान बन्यो । मैले पनि उत्हासपूर्ण तालि र हुटिङ लगाए । म पहिलो पटक अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा सहभागी भएको थिएँ । त्यस्तो उत्साह मेरो जीवनमा कहिल्यै आएको थिएन । मलाई पहिलो पटक यस्तो अनुभूति भइरहेको थियो कि राजनीति नै सबैभन्दा उत्साहको क्षेत्र रहेछ । मेरा सपनाहरु जुर्मुराएँ, ब्युझिए र उत्साहमय बने । मैले त्यही क्षणबाट संकल्प गरें– राजनीतिको विकल्प छैन र राजनीतिमा जिम्मेवारीपूण लाग्नै पर्दछ ।
मलाई यस्तो लाग्यो, यो सम्मेलनमा सहभागी हुने अवसर गुमेको भए जीवनमा धेरै थोक गुम्ने थियो । त्यसपछि मैले तत्काल योजना बनाएँ । संभवभएसम्म सबै उपस्थितहरुसँग विगम्रतापूर्वक हालबखर सोध्न शुरु गरेँ । डायरीमा नाम र सम्पर्क टिपें । सयौं कमरेडहरुसँग सेल्फि खिचें । आफ्नो उत्साह सुनाएँ । धारणा राखें । कमरेडहरुको धारणा सुने । नेताहरुसँग भेटेर उत्साहपूर्वक युवाहरु कसरी परिचान गर्न सकिन्छ, युवाहरुको अहिलेको ट्रेन के छ, उनीहरुको रुची कस्तो हुन्छ, आदिइत्यादि कुराहरु राखें । मेरो कुरा सुनेर नेताहरु पनि उत्साहित हुनुभयो । सम्मेलनसभा भित्र प्रवेश गर्दा केही कमरेडहरु मात्र चिनजानका थिए, तर सम्मेलन सकिएर बाहिर निस्कदा केही दिनको अवधिमा करिब सम्मेलनमा सहभागी सबैले मलाई चिनिसकेका थिए । मलाई सम्मेलन यति धेरै लागेको थियो कि मैले दुनियाँ विर्सिएको गिएँ । परिवार विर्सिएको थिएँ । भर्खर जन्मिएको मेरो मुटुको टुक्रा छोरो विर्सिएको थिएँ ।
सम्मेलनमा मैले धेरै कुरा देखें । युवाहरुको जोश देखें, आवेग र विवेक देखें । नेताहरुको अनुहारमा भरिएको उत्साह पनि देखें । नेताहरुको भाषण सुन्दै जाँदा थुप्रै पटक शरिरका रौंहरु उठेझै लाग्थ्यो उत्साहित भएर । सिंगै देश उठे झैं लाग्थ्यो । सम्मेलनकै बीचमा देउडा गाएर स्टेजमा नाचेको कम्ति रमाइलो क्षण छैन, जुन चाहेर पनि भुल्न सकिन्न । सम्मेलनले सानै उमेरमा बन्दुक बोकेर शासकहरुको विरुद्ध युद्ध लड्न हिडेका योद्धा पञ्चा सिंह दिदीलाई अध्यक्ष बनाएको छ । त्यो पनि निकै ऐतिहासिक भयो भन्ने लागेको छ । पञ्चा दिदी अध्यक्ष हुँदा उहाँको वरिपरि माहुरीले रानोलाई घेरेझैं घेरेर युवाहरुले लगाएको विजय जुलुुस र नाराहरु निकै सम्मझ योग्य छ ।
वास्तवमा युवाहरुको जोश देख्न पाए नेताहरुमा पनि उत्साह थपिने रैछ । युवाहरु स्वभावैले पनि उत्साहले भरिएका हुन्छन् । सपनाहरु बोकेर थुप्रै उचाइहरुमा पुग्ने अठोट गरेका हुन्छन् । युवाविनाको देश, यु्वाविनाको पार्टी, युवाविनाको समाज, युवाविनाको उत्सवहरु सबै खल्लो खल्लो नै हुन्छन् । हामी युवाहरुको जोश, सपना र उमंगमय थियो अखिल क्रान्तिकारीको २२ औं सम्मेलन । जीवनमा भूल्न नसिकने केही घटनाहरु हुन्छन्, केही उत्सवहरु हुन्छ, केही वियोगान्तहरु हुन्छन् । मेरो जीवनले विर्सन नसक्ने उत्सव र जीवनलाई नयाँ दिशा दिने घटना बनेको छ यो सम्मेलन ।
मलाई यही सम्मेलनको सहभागिता र देशभरका युवासाथिहरुसँगको घुलमिलले राजनीतिबाहे सबैभन्दा वेस्ट प्लेटफर्म अरु हुनै सक्दैन भन्ने ठाउँमा म पुगेको छु । अब मेरो नयाँ यात्राका रुपमा राजनीतिक यात्राको शुरुवात भएको छ ।