एमालेले मात्र देशको समृद्धिको नेतृत्व गर्नसक्छः जीवन मानन्धर


काठमाडाै‌ । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्ष तथा कामनपा १६ वडा सदस्य जीवन मानन्धरले नेकपा एमालेले मात्र देशमा समृद्धि ल्याउन सक्ने दावी गरेका छन् । उनले दशै, तिहार र छठपर्वकाे उपलक्ष्यमा राजधानीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) १६ नं वडा कमिटिद्वारा आयाेजीत शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

नेकपा एमाले महानगर समिति सचिवालय सदस्य, महानगर समिति कोष तथा आर्थिक विभाग प्रमुखसमेत रहेका मानन्धरले आउने स्थानीय चुनावमा नेताको चाप्लुसी गर्नेलाईभन्दा पनि जनताको मर्म बुझ्ने योग्य उम्मेदवारलाई जनप्रतिनिधि चुन्न पार्टीले अहम भूमिका खेल्नु पर्नेमा जोड दिए ।

कांग्रेस र माओवादी एमालेले एकलौटी राज गर्ने देखेर डराएको र अब एमालेको नेतृत्वले मात्रै देशको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने  उनकाे धारणा थियाे ।

१६ वडा नेकपा एमाले कमिटी अध्यक्ष तथा वडा सदस्य पुष्प महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले १६ वडा कमेटिका सचिव जय प्रकाश श्रेष्ठले कर्यक्रम संचालन गरेका थिए।


प्रकाशित : २०७८ आश्विन २२, शुक्रबार १४:३४ गते

ताजा समाचार