हाम्रो युगको निर्माता हामी आफैं हौंः रमेश सुनुवार


काठमाडौं । समाजवादी चिन्तक तथा नेता रमेश सुनुवारले हाम्रो युगको निर्णय हामी आफैले गर्नुपर्ने धारणा राख्नुभएको छ । आज शनिवार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हरेकले आफ्नो युगको नेतृत्व आफैले गर्नुपर्ने बताउनुभएको हो ।

‘हामीलाई मार्गदर्शन गर्ने हामीभन्दामाथि अरु कोही हुनसक्दैन । हाम्रो युगको मार्गदर्शन हामी नै हौं । यो युगकोबारेमा सबैभन्दा धेरै यही युगमा बाँचिरहेका मानिसलाई नै थाहा हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हामीले माक्र्सलाई धर्मशास्त्रका रुपमा ग्रहन गर्न हुँदैन । त्यो माक्र्सवाद विरुद्ध हुन्छ । माक्र्सले पनि आफुअघिका सम्पूर्ण सिद्धान्त खारेज गरेर नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए ।’

‘हाम्रो युगको निर्माता हामी हौं । हाम्रो आन्दोलन माक्र्सवादअनुसार छ कि छैन भनेर हेर्न हुँदैन, बरु हाम्रो आन्दोलनअनुसार माक्र्सवाद फिट हुन्छ कि हुँदैन भनेर हेर्नुपर्छ । त्यसरी मात्रै समाजवादको निर्माण गर्न सकिन्छ । मार्गदर्शनबाट संलेशण गरेर आफ्नो युगको मार्गदर्शन निर्माण गर्नुभएको थियो । त्यसकारण हाम्रो युगको मार्गदर्शन पनि हामीले नयाँ परिवर्तनहरुको संलेशषण गरेर तयार गर्नुपर्दछ ।’ उहाँकाे तर्क थियाे ।

विगत तीस वर्षदेखि समाजवादको नयाँ मागदर्शनमाथि अनुसन्धान गर्दै आउनुभएका सुनुवारले अब परोनो विधि र मूल्यमान्यताबाट नयाँ समाज निर्माण गर्न नसकिने बताउनुभयो । ‘पुरानो विधिबाट नयाँ समाज निर्माण सकिँदैन । जुत्ताको नापअनुसार खुट्टा काट्नो विधि अब लागु गर्न सम्भवै छैन । खुट्टाको नापअनुसार जुत्ता काट्नुपर्छ । माक्र्सवाद आफ्नै युगको कार्यक्रम थियो । अब हामीले माक्र्सवादको सार्वभौम पक्षहरु ग्रहण गर्दै आफ्नो युगको कार्यक्रम हामी आफैले बनाउन पर्छ ।’ उहाँले भन्नुभयो, ‘अब मानव श्रमलाई आधार बनाएर समाज फेर्न सकिदैन । श्रमिक वर्गले श्रम गरेर अबको समाज बन्दैन । विज्ञान-प्रविधिबाट विस्थापित श्रमिक वर्गको हातमा त्यसको स्वामित्व ल्याउनुपर्दछ । अब विज्ञान-प्रविधिको आधारमा मात्र हाम्रो समाजको पूनर्निमाण गर्न सकिन्छ । पुरानै सिस्टममा गएर हुन्न । त्यसका लागि हामीले सबै क्षेत्रमा विकल्प दिन सक्नुपर्दछ । विज्ञानप्रविधिको प्रयोग गरेर हामी यो सामाजिक व्यवस्थाको विकल्प दिन सक्छौं । त्यसका लागि नयाँ व्यवस्था निर्माण आजैबाट सुरु गर्नुपर्दछ ।’


प्रकाशित : २०७८ कार्तिक १३, शनिबार १६:५५ गते

ताजा समाचार