आज विश्वासको मत लिंदै प्रदेश १ का मुख्यमन्त्री


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज १२ः३० मा बस्ने बैठकबाट विश्वासको मत लिनेछन् ।

आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो । बैठकले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक सम्यन्त्र बनाएको थियो ।

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।


प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार ०३:२१ गते

ताजा समाचार