सिटिजन लाइफ इन्सुरेन्सद्धारा करिब १६ लाख रकम मृत्यु दाबी भुक्तानी


काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी स्व.बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको गाईघाट शाखाले मृत्यु दावीको रकम हस्तान्तरण गरेको हो ।

भगतले सिटिजन लाइफमा शुभारम्भ योजना अन्तर्गत १५ लाखको बीमा गरेका थिए । बीमा गरेको एक वर्ष पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएकोकम्पनीले जनाउको छ । गत असोज २६ गते स्व.बविताको मृत्यु भएपछि उनका हकवाला छोरालाई १५ लाख ९० हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

अर्ध वार्षिय प्रिमियम अन्तर्गत ८३ हजार ८३४ रुपैया बराबर भुक्तानी गरेकोमा बीमा वापत १५ लाख र बोनश वापत ९० हजार गरी १५ लाख ९० हजार हस्तान्तरण गरिएको हो ।

 


प्रकाशित : २०७८ मंसिर २, बिहीबार १३:५८ गते

ताजा समाचार