मैले अध्यक्षमा उम्मेदवारी दिनेनदिने निर्णय गरिसकेको छैनः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा अध्यक्षमा आफूँले उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको बताएका छन् ।

महाधिवेशनको सन्दर्भमा सम्पादकहरूसँग अन्तर्क्रियामा ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । ‘यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई अलिकति नजरअन्दाज गरिँदैन’, उनले भने ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै सहमतिका नाममा कसैलाई करकाप नगर्ने बताएका छन् । प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने उनको भनाइ छ ।

‘मैले मन पराएको बरिष्ठ उपाध्यक्ष त्यो हो, जो या त निर्विरोध हुन्छ, या त सबैभन्दा बढी भोट ल्याएर विजयी हुन्छ ।’

 


प्रकाशित : २०७८ मंसिर ७, मंगलवार १३:४२ गते

ताजा समाचार