सम्पादकीयः आउनुहाेस्, समाजवादबारे बहस गरौं


समाजवाद नेपाली राजनीतिको केन्द्रीय विषय बनेको छ । समाजवादबारे विभिन्न आयामबाट बहस छलफल हुनथालेका छन् । तर सतही छलफलले हामीलाई कुनै मार्गप्रशस्त गर्न सक्दैन । त्यसका लागि वर्तमान युगको बदलिँदो भौतिक परिवेशको गहन अध्ययन गर्न आवश्यक छ । मसिनो अनुसन्धान गर्न आवश्यक छ ।

समाजवादलाई चुनावि नारा मात्र बनाउन हुन्न । समाजवादलाई राजनीतिक नारा र भाषणमा मात्र सीमित राख्न हुन्न । समाजवाद अब अभ्यासको विषय बन्नुपर्छ । समाजवाद अब निर्माणको विषय बन्नुपर्छ । हामी विज्ञान–प्रविधिको युगमा छौं । विज्ञान–प्रविधि वर्तमान युगको प्रमुख आधार हो । विज्ञान–प्रविधि सम्पूर्ण पक्षको निर्धारक बनेको छ । अजको विज्ञान–प्रविधिले मानिसलेभन्दा कयौं गुणा धेरै र कयौं गुरा कुशल रुपमा कार्यसम्दान गर्दछ । उत्पादनको क्षेत्रमा त विज्ञान–प्रविधिले असाधारण क्रान्ति नै ल्याइदिएको छ । तसर्थ अब समाजवाद निर्माणमा विज्ञान–प्रविधिको भूमिकाबारे हामीले नयाँ दृष्टिकोण निर्माण गर्न आवश्यक छ । समाजवादी क्रान्तिका पुराना विधिहरु अब लागु गर्न सकिँदैन । बदलिँदो परिवेश अनुसार क्रान्तिका विधिहरुको पनि विकास गर्न आवश्यक हुन्छ ।

ठोस परिस्थितिको ठोस विश्लेषण गरेर मात्र क्रान्तिका नयाँ कार्यभार बहन सर्न सकिन्छ । परिस्थिति नयाँ हुने तर सिद्धान्त पुरानै बोकेर हिड्ने हो भने त्यसले समाजलाई मार्गदर्शन गर्नसक्दैन । त्यस्तो अवस्थामा समाज पुराना मार्गदर्शनलाई कुल्चेर अगाडि बढ्न बाध्य हुन्छ । नेपालको समाजवादी आन्दोलन पनि पुरानो अवधारण र नयाँ परिवर्तनको संघारमा उभिएको छ । हाम्रो समाजवादी राजनीतिले नयाँ परिवर्तनलाई आत्मसाथ गर्न सकिरहेका छैनन् । समाजवाद त भनिएको छ । तर कस्तो समाजवाद ? कस्को समाजवाद ? के का लागि समाजवाद ? समाजवाद निर्माण गर्ने मार्गदर्शन के ? यस्ता थुप्रै प्रश्नमा समाजवादी राजनीति अस्पस्ट छ । यो अस्पष्टतालाई खारेज गरेर अगाडि बढ्न समाजवादबारे व्यापक बहस, अध्ययन, अनुसन्धान र नयाँ नयाँ प्रयोग हुन जरुरी छ । यही उद्देश्यसहित नयाँ प्रिन्ट अनलाईन मिडियाले कस्तो समाजवाद ? कस्को समाजवाद ? र कसरी समाजवाद ? भन्ने विषयमा व्यापक रुपमा विभिन्न अवधारणहरुलाई बहस सिर्जना गर्ने प्रयास थालेको छ । तपाईहरु जो कोहीले यस मिडियामा समाजवादबारे आफ्नो अवधारणा पठाउन सक्नुहुनेछ ।

अब विज्ञान-प्रविधिको जगमा वैज्ञानिक समाजवाद निर्माण हुन्छः दलबहादुर विसी

अबको बाटोः वैज्ञानिक समाजवाद

वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम: समाजवादको यात्रा


प्रकाशित : २०७८ मंसिर ८, बुधबार १६:५१ गते

ताजा समाचार