कीर्तिमानी सातौँ बालोन डि’ओर लियोनेल मेस्सीलाई


लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए ।
बायर्न म्युनिख र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो, चेल्सी र का मिडफिल्डर जोर्गिन्हो तेस्रो र रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा चौथो बने । क्रिस्टियानाे रोनाल्डो छैटौँ स्थानमा सीमित बने । विश्वकभरका १८० पत्रकारले बालोन डि’ओरको उपाधिका लागि मतदान गर्दछन् । सन् २०२० मा कोरोना महामरीका कारण यो उपाधि दिइएको थिएन ।


प्रकाशित : २०७८ मंसिर १४, मंगलवार ०२:३५ गते

ताजा समाचार