वैज्ञानिक समाजवादकाे घोषणापत्र र झण्डा सार्वजनिक हुँदै


वैज्ञानिक समाजवाद निर्माण अभियानले घोषणापत्र र झण्डा तयार पारेको छ । केही दिनमै अभियानको घोषणापत्र र ‘केन्द्रीय अभियान कमिटी’ सार्वजनिक गरिने अभियानको प्रचार विभागले जनाएको छ ।

वैज्ञानिक समाजवाद निर्माण अभियानले जारी गर्न लागेको घोषणपत्र ‘वैज्ञानिक समाजवादको घोषणापत्र’ शीर्षकमा तयार पारिएको छ । अभियानका संयोजक रमेश सुनुवारका अनुसार यो घोषणापत्र एक्काइसौं शताब्दीको समाजवादकाे घोषणापत्र हुनेछ ।

वैज्ञानिक समाजवादको यात्रा सवै प्रकारका पर्खालहरु नाघेर अगाडि बढ्नेछ । यो यात्राको लक्ष्य मानव मुक्ति हो । मानव समाज आज एक्काइसौं शताब्दीमा छ । तर अहिले पनि समाजमा अनेकौं मानवीय विभेदहरु, उत्पीडनहरु र बन्धनहरु कायमै छन् ।” उहाँले भन्नुभयाे- “पुरुषलाई जन्म दिने महिलाहरु पुरुषकै बन्धनमा हुन्छन् । पूँजीको सृजना गर्ने श्रमिकहरु पूँजीकै बन्धनमा हुन्छन् । शासकलाई पाल्ने शासितहरु शासककै बन्धनमा हुन्छन् । तिनीहरुको कारण र समाधानको खोज गर्नु यो यात्राको कार्यभार हो ।”

“आज हो चि मन्हको जस्तो दृढ प्रतिज्ञा आश्यक छ । चे ग्वेभाराको जस्तो साहसको आवश्यकता छ, जसले सिंगो ल्याटिन अमेरिकी महादेशमा क्रान्ति ल्याउने साहस गरेका थिए । अर्थात्, सिंगो भू–मण्डलमा क्रान्ति ल्याउने साहसको आवश्यकता छ ।” संयोजक सुनुवारकाे भनाइ छ ।


प्रकाशित : २०७८ माघ २६, बुधबार १५:१४ गते

ताजा समाचार