
पाँच वर्ष अघिको स्थानीय चुनावमा नेताहरुले भोट माग्नेबेला थुप्रै विकासे नाराका सूची मतदातालाई सुनाएका थिए । अहिले पाँच वर्षको स्थानीय सरकारका कार्यकाल करिब समाप्त भएको छ र बैशाख ३० गते अर्को स्थानीय चुनाव हुँदैछ । स्थानीय सरकारको पाँचवर्ष थुप्रै सकारात्मक र नकारात्मक प्रतिफलहरुसहित वितेको छ । यसबीचमा दुई ठूला महानगरपालिकाहरु काठमाडौं महानगर पालिका र भरतपुर महानगरपालिकाको चर्चा अलि धेरै छ ।
काठमाडौं महानगरपालिकाकाे मेयर हुन् विद्यासुन्दर शाक्य । उनले नेतृत्व गरेको महानगरभरी अहिले फोहोरकाे डंगुर छ । बाटो हिड्न मास्क लगाउँदा पनि निकै सास्ती भइरहेको छ । काठमाडौं महानगरको फोहोरको समस्या निकै पुरानो हो । तर भरतपुर महानगर पालिकाका मेयर रेणु दाहालले भने भरतपुर महानगरको पहिचान नै बदलिदिएका छन् । गल्ली गल्लीका बाटाहरु कालोपत्रे भएका छन् । पाँचवर्ष अघिभन्दा भरतपुर निकै सफा र हराभरा बनेको छ । कृषि उत्पादन बढेको छ । तुलनात्मक रुपमा यो वितेको पाँचवर्षको कार्यकालमा रेणु दाहालले राम्रो काम गरेको देखिएको छ । माथिको तस्तवीर वास्तविकता हो ।