१ करोड ८० लाख मतदाता,सबभन्दा थोरै मोरङमा


आगामी प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् । आयोगका अनुसार सबभन्दा धेरै मतदाता मोरङमा छन् । त्यहाँ ७ लाख ३५ हजार ५२५ मतदाता छन् । झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता छन् । सबभन्दा कम भने मनाङमा ६ हजार ७७९ मतदाता छन् ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार ११:४६ गते

ताजा समाचार