पेशागत संघसंगठन सहित रासस व्यवस्थापनविरुद्ध पत्रकारहरुको धर्ना


अस्थायी (करार)ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ अगुवाइमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवी पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रीय कार्यालयमा शुक्रवार दिउँसो १ देखि ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो । व्यवस्थापन पक्षले अस्थायी (करार) ज्यालादारी पत्रकार हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।


प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार १४:०७ गते

ताजा समाचार