स्टिफेनले जुन शोधकार्य गरेका थिए, त्यसका लागि गणित राम्रो हुनु आवश्यक हुन्थ्यो । स्टिफेनलाई आफ्नो गणितको आधार कमजोर भएकोमा चिन्ता लागिरहेको थियो । यसले भविष्यमा उनका लागि समस्या उत्पन्न गर्छ भन्ने उनलाई लाग्थ्यो । त्यसैले गणितको योग्यता बढाउने उद्देश्यले उनले स्नातक कक्षाहरुको गणित विषयमा सुपरभाइजरको काम शूरु गरे । यसबाट उनलाई गणित तथा धन दुबैको लाभ भयो ।
केही समयपछि आफ्नी बहिनी मेरीको सल्लाहमा स्टिफन ‘एस्ट्रोफिजिक्स कन्फ्रेन्स’मा भाग लिनका लागि मियामी गए । त्यहाँबाट उनी आफ्नो पुरानो साथी जर्ज इलिसलाई भेट्न टेक्सस गए । जर्ज इलिम तथा उनकी पत्नीसँग उनी करिब एक हप्तासम्म बसे । सायद मौसम अनुकुल भएकोले हुनसक्छ, त्यहाँ उनलाई आफ्नो रोगबाट केही राहतको अनुभव भयो ।
केही समयको बसाईपछि क्रिसमसको अवसर पारेर उनी फेरी क्याम्ब्रिज फर्किए । क्याम्बी्रज आउने बित्तिकै उनलाई एउटा सुखद समाचार प्राप्त भयो । उनको ‘क्ष्लनगबिचष्तष्भक बलम तजभ न्भयmभतचथ या क्उबअभ त्ष्mभ’ नामक निवन्धमा ‘एडम्स पुरस्कार’को लागि सहलेखकको रुपमा चुनिएको थियो । गणितको क्षेत्रमा ब्रिटेन निवासीहरुद्धारा गरीएको सराहनीय कामको लागि यो प्रतिष्ठीत पुरस्कार क्याम्ब्रिज विश्वविद्यालयको सेन्ट जोन्स कलेजद्धारा कोच एडम्सको सम्झनामा दिने गरिन्थ्यो । एडम्सले बरुणको खोज गरेका थिए ।यहि अवसरमा डा.सिकिमियाले स्टीफनलाई हौसला दिए । डा. सिकियामा स्टिफनको सोधकार्यको मार्गदर्शक भएको हुनाले उनको क्षमतालाई राम्रोसँग चिनेका थिए । त्यसबेला डा. सिकियामा स्टिफनको बारेमा जेन हकिङलाई भनेका थिए, ‘म भविष्यमा स्टिफनमा न्युटनको छबी देखिरहेको छु ।’
स्टिफन ब्रह्माण्ड निर्माणमाथि पी.एच.डी गरिरहेका थिए । उनका लागि ब्रह्माण्ड के वास्तवमै निर्मित भएको हो भन्ने महत्वपुर्ण प्रश्न थियो । यही बिचमा उनले रोजर पेनराजको ब्याख्यान सुने । उनलाई लाग्यो,‘कुनै एकाध ताराहरुको अणु–इन्धन सकिएपछि ती ताराहरु साना –साना हुदैँ–हुदैँ समाप्त हुनसक्छन् । यही पूरा ब्रह्माण्डको आधार हुन सक्छ ।’जेहोस् स्टिफनको पी.एच.डी को कार्य पनि पुरा भयो र उनलाई मार्च १९६६ मा पी.एच.डी डिग्री प्रदान गरियो ।
यता जेन हकिंङले पनि आफ्नो स्तातकको पढाई पूरा गरिन् । उनले उच्च श्रेणी भने प्राप्त गरेकी थिइनन् । गरुन् पनि कसरी, उनी एक मेहनेती महिला थिईन् । हप्ताभरीको घरको कामको व्यवस्था गरेर पढ्न जानुपथ्र्यो । उनी सोमबार लण्डन जान्थिन जहाँ भाडाको घरमा बसेर पढ्थिन् । शुक्रबार क्याम्ब्रिज आउँथिन् । शुक्रबारदेखि सोमबार विहानसम्म उनी सबै घरका कामहरुको व्यवस्था गर्थिन् र स्टिफनको हेरचाह गर्थिन् । यति हुँदा–हुँदै पनि उनले उच्च श्रेणी नआए पनि राम्रो अंकको साथमा स्नातक पास गरिन् ।
क्याम्ब्रिजमा रहँदा उनले त्यहाँका अधिकाँश विद्धानका पत्नीहरुलाई आफ्नो इच्छाअनुसार केही गर्न तथा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित नगरिएको पाइन् । जसका कारण उनीहरु भावनात्मक रुपमा पछाडि रहन्छन् ।स्टिफनको सहायता गर्ने हो भने उनी आफुले पनि बाहिर निस्किएर बुद्धिमत्ताको परिचय दिनुपर्ने उनलाई लाग्यो । केही सराहनीय कार्य गर्नूपर्ने उनलाई लाग्यो । त्यसैले उनले पनि पी.एच.डी. गर्ने निर्णय गरिन् । पी.एच.डी.त गर्ने तर कुन विषयमा ?उनको लागि यस्तो विषयको आवश्यकता थियो जसका लागि धेरै भागदौड गर्नु नपरोस् । पुस्तकालयको सहायताबाटै उक्त कार्य पूरा गर्न सकियोस् ।
त्यसबेला क्याम्ब्रिजमा पी.एच.डी पूरा गर्नका लागि अधिकतम् ३ वर्षको समय निर्धारित थियो । जुन जेनको लागि गाह्रो थियो । उनले स्टिफनको लागि पनि प्रसस्त समय दिनु पर्ने हुन्थ्यो । अन्तमा उनले क्याम्ब्रिजको बिचार छोडेर लण्डनकै आफ्नो पुरानो कलेज वेस्टफिल्डमा पी.एच.डी को लागि नाम लेखाइन् । यता स्टिफन शारीरिक रुपमा असक्त हुन थालेका थिए । बिस्तारै उनका औँला टेढा हुँदै गइरहेका थिए । जसले गर्दा लेख्नमा उनलाई समस्या भइरहेको थियो । शरीरिक असक्तताको बाबजुद पनि उनी निरन्तर अगाडि बढिरहेका थिए ।
आफ्नो बुवाको सल्लाह मान्दै उनले फेरी भिटामिन बीको इन्जेक्शन लिन शूरु गरे । यसले गर्दा उनलाई धेरै हेरचाहको आवश्यकता पर्दैन थियो । यता पत्नीको जेनले भर्खरै आफु गर्भवती भएको खुलासा गरेकी थिईन् ।यही कारणले उनले पी.एच.डी को कार्यक्रम स्थगित गरिन् । डा. सिकियामाले स्टिफनका सहयोग गर्दै ‘इन्स्टिच्युट अफ फिजिक्स’ लाई उनको उपचारको लागि केही रकमको व्यवस्था गर्न सहमत गराए । उता जेनको साथै स्टिफनकी बहिनी मेरीले पनि लण्डन विश्वविद्यालयमा डिप्लोमा प्रमाण पत्र प्राप्त गरिन् ।
(यो सामग्री रोशन दाहालद्धारा सम्पादित पुस्तक “स्टिफन हकिङ: एउटा महान् बैज्ञानिकको जीवनी” बाट साभार गरिएको हो- मिलन आफन्त)