रामेछाप जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न पवन बने प्रथम


रामेछाप: जिल्ला युवा समिति रामेछापको आयोजनामा “युवा र नवप्रवर्तन” शीर्षकमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा मन्थली नगरपालिका-४ का पवन भट्टराई प्रथम, लिखुतामकोशी-७ कि सरस्वती मोक्तान द्वितीय र मन्थली नगरपालिका-१ कि मनिषा बुढाथोकी तृतीय भएकी छिन ।

जिल्ला सदरमुकाम मन्थलीमा संचालित प्रतियोगिता जिल्ला युवा समिति रामेछापको अध्यक्ष तिलक थापामगरको अध्यक्षता र जिल्ला समन्वय समितिका उप-प्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताको निर्णायकमा शिक्षक गुनबहादुर सार्की, मिन प्रसाद घिमिरे र सुस्मिता खड्का कार्की रहेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।


प्रकाशित : २०८० जेष्ठ २३, मंगलवार १४:१४ गते

ताजा समाचार