लागु पदार्थ दुर्व्यसनी र साईबर क्राईम न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न


रामेछाप। जिल्ला युवा समिति रामेछापले सामाजिक समस्याको रुपमा रहेको लागु पदार्थ दुर्व्यसनी र साईबर क्राईम बारे सचेतना कार्यक्रम/तालिम संचालन गरेको छ ।

रामेछाप जिल्लाको दोरम्बा शैलुंग-०६, रिष्ठे स्थित श्री कालिका माध्यमिक विद्द्यालयमा अध्यनरत विद्यार्थीहरुलाई उक्त तालिम दिईएको हो । निरन्तर रुपमा बढ्दो साईबर अपराध र लागु पदार्थ दुर्व्यसनीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको जिल्ला युवा समितिका अध्यक्ष तिलक थापामगरले बताउनु भयो ।

उक्त तालिममा साईबर क्राईम बारे ईलाका प्रहरी कार्यालय टोकरपुरका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक धननारायण श्रेष्ठ र लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण बारे सोहि विद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद गौतमले प्रस्तुतीकरण दिनुभएको थियो ।


प्रकाशित : २०८० जेष्ठ २५, बिहीबार २२:२२ गते

ताजा समाचार