
काठमाडौं । रामेछापको मृगौला पीडित २८ वर्षीया सुभास थापा मगरलाई स्टार नेपाल सहयोगी ग्रुपले आर्थिक सहयोग गरेको छ । देश विदेश रहनु भएका स्टार नेपालले ४३,६७० रुपैया आर्थिक सहयोग गरेको हो ।
कार्यक्रमका संचालक तथा समाजसेवी भक्त किरातीले सहयोगीहरुलाई धन्यवाद दिदै अन्य सहभागीहरुलाई सहयोगको अपिल गर्नुभएको थियो उहाँले अपिल गरेसँगै कार्यक्रममा उपस्थित अन्य सहयोगीहरुबाट ९६३० रुपैया आर्थिक सहयोग जुटेको थियो । जम्मा ५३३०० रुपैया रकम मृगौला पीडित थापामगरलाई हस्तान्तरण गरिएको छ । पीडित थापाको विगत ९ महिनादेखि दुवै मृगौला फेल भएर राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र वनस्थलीमा उपचार भइरहेको छ । कार्यक्रममा बोल्दै समाजसेवी मञ्जु थापाले विरामीलाई हौसला दिंदै थप सयोगका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतबद्धतासमेत जारी गर्नुभयो ।
स्टार नेपाल सहयोगी ग्रुप सहयोगी दाजुभाई तथा दिदीबहिनीहरुको टिकटक ग्रुप हो । यो ग्रुपले सामाजिक संजालमार्फत् यस्ता विरामीरुलाई सहयोग संकलन गरी दिने गर्दै गएको छ । यस ग्रुपको संयोजन अर्घाखाँचीका हरि पाण्डेले गर्नुभएको छ । उहाँ हाल मलेशिया हुनुहुन्छ । यस सहयोग संकलनका लागि सहजिकरण समाजसेवी भक्त किराती, राजकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन भक्त किराती, भोजराज विक र राम राईले गर्नुभएको थियो । कार्यक्रम गर्ने हल र खाजाको व्यवस्था सम्राज पार्टी प्यालेका संचालक मणी कुमार राई, तेज कुमार श्रेष्ठलगायतका सम्राज पार्टी प्यालेस परिवारले गर्नुभएको थियो ।
स्टार नेपाल सहयोगी ग्रुपका सहयोग गर्ने सदस्यहरु
१. हरि पाण्डे (संयोजक)
२. विरही प्रेम (दुवै)
३. चाँदनी गिरी (दुवै)
४. राधिका आचार्य (अमेरिका)
५. भिमा पोख्रेल (अमेरिका)
६. मञ्जु थापा (काठमाडौं)
७. विन्दु साउद (कैलाली)
८. गंगा सारुमगर (वुटवल)
९. सुजता थापा (सिन्धुली)
१०. चित्रा साहि (बुटवल
११. सिता श्रेष्ठ (भक्तपुर)
१२. कालिका अर्याल (काठमाडौं)
१३. राधिका लोखटिया (विराटनगर)
१४. पुनम श्रेष्ठ (सुनसरी)
१५. कृष्टिना गुरुङ (अष्ट्रेलिया)
१६. लक्ष्मी श्रेष्ठ (काठमाडौं)
१७. कुमार बानियाँ (काठमाडौं)
अन्य सहयोगीहरु
१. तेज कुमार श्रेष्ठ (रामेछाप, कालिका शोप एण्ड केमिकलका अध्यक्ष)
२. कुमार लामा (काभ्रे)
३. विमल राई (भोजपुर)
४. खेमराज चन्द (अछाम)
५. राजकुमार श्रेष्ठ (रामेछाप)
६. सम्सेर परियार (गोर्खा)
७. प्रविण शेरचन (काठमाडौं)
८. ज्योति तामाङ (काठमाडौं)
९. रामेश अधिकारी काठमाडौँ