काठमाडौं। बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको थियो ।
ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । अरु प्रदर्शनकारीको खोजी भइरहेको उनले बताए ।
प्रकाशित : २०८० पुष १३, शुक्रबार १४:२५ गते