नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्दै


काठमाडौं । नेकपा माओवादी केन्द्रले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो । यही जेठ ५ र ६ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले कोरोना नियन्त्रणको लागि पारित गरेको नीति, कार्यक्रम र संरचनासम्बन्धी प्रस्तावमा अक्सिजन प्लान्ट स्थापनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिने उल्लेख छ । यसका साथै पिपिई देश भित्रै उत्पादनको सम्भावनाका उचित विकल्पको खोजी तथा त्यसका लागि पहल गरिने उक्त प्रस्तावमा उल्लेख छ ।


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार ०६:५८ गते

ताजा समाचार