प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न भारतीय विदेशमन्त्री जयशंकर बिहीबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् । भेटमा उनीहरूबीच नेपाल-भारत सम्बन्ध, आपसी सहयोग आदान प्रदान, द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च अधिकारी पनि सहभागी थिए ।

यसअघि भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार बिहान काठमाडौं ओर्लिएलगत्तै शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । भेटमा राष्ट्रपति पौडेलले नेपाल-भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तनको असरको न्यूनीकरण र जलविद्युत्‌को विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।


प्रकाशित : २०८० पुष १९, बिहीबार १२:५६ गते

ताजा समाचार