अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ


काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए।​

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ गते प्रचण्डविरुद्ध मुद्दा दर्ता गरेका थिए।

 


प्रकाशित : २०८० पुष २०, शुक्रबार १६:१० गते

ताजा समाचार