
काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।
टेरामक्स र एमडीएमएस प्रकरणमा विवादित खनालले मंगलबार बिहान राजीनामा दिएका हुन् । सञ्चार मन्त्रालयमा पुगेर उनले राजीनामा बुझाएको उच्च स्रोतले जानकारी दियो ।
सञ्चार मन्त्रालयबाट दबाब आएपछि उनी राजीनामा दिएर बाहिरिएका हुन् । उनको कार्यकाल ७ महिना बाँकी थियो ।
२०७६ को साउनमा तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रकाशित : २०८० पुष २४, मंगलवार १३:११ गते