मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन


काठमाडौं । बाढीपहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनः काठमाडौंमा वितरण सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सिंहदरबारभित्र कार्यालय परिसरको धारा खोलेर मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गरेका छन् ।

उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । हाल मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने बताइएको छ ।


प्रकाशित : २०८० माघ १, सोमबार १०:०६ गते

ताजा समाचार