काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन्
कतारको दोहा उड्ने तयारीमा रहेको जहाज मंगलबार साँझ विमानस्थलमै ग्राउन्डेड भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
योसँगै जहाजका यात्रुलाई निगमले आज साँझ हुने उडानबाट दोहा लैजाने बताएको छ। ए३३० सिरिजको वाइडबडी जहाजमा समस्या आएको थियो।
यसअघि पुस २३ मा पनि नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आउँदा थाइल्यान्डको बैंकक जान लागेका डेढ सय यात्रु विमानस्थलमा अलपत्र परेका थिए।
प्रकाशित : २०८० माघ २, मंगलवार १४:०३ गते