![](https://nayaprint.com/wp-content/uploads/2024/01/Screenshot_20240111_105407_Facebook.jpg)
काठमाडौं । क्यान इन्फोटेकको २९ औं संस्करण माघ २५ गते देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनि आयोजना क्यान इन्फोटेकको २९ औं संस्करण माघ २५ गते देखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।
नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ ।
क्यान इन्फोटेक २०२४ का लागि शीर्ष प्रायोजन, सहप्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन, साझेदारी तथा एक्जिबिटरका निम्ति बुकिङ खुल्ला गरिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
महासचिव अधिकारीका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ ।