न्युजिल्याण्डले ब्याटिङ रोज्यो, नेपालले बलिङ गर्ने


काठमाडौं : आइसिसी यु–१९ विश्वकपमा टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाली यू–१९ क्रिकेट टोलीलाई न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले बलिङको निम्तो दिएका हुन्।

नेपाली टोलीमा सिनियर टोलीका अनुभव बोकेका खेलाडी पनि छन्। गुलसन झाले सिनियर टीमबाट खेलेर अनुभव बटुलेका छन्। यू-१९ विश्वकपमा नेपालले यसअघि २००६ र २०१६ मा भएका दुवै खेल जितेको थियो। ८ वर्षपछि तेस्रो पटक न्यूजिल्याण्डको सामना गर्न लागेको नेपालले ‘ह्यट्रिक’ गर्ने लक्ष्य लिएको छ।

आजको खेलमा देव खनाल (कप्तान), दीपक बोहोरा, दीपक बोहोरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलसन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलकराज भण्डारी,आकाश चन्द टीममा रहेका छन्।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन्। नेपाल रहेको समूह डी मा पाकिस्तान र अफगानिस्तान छन्।


प्रकाशित : २०८० माघ ७, आईतवार १४:०८ गते

ताजा समाचार