पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर


काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ ।

उच्च अदालत पाटनले पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर पुनको नियुक्त बदर गरिदिएकाे हाे ।

न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार पुनलाई कार्यकारी निर्देशक बनाउने कोषको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पुनकाे नियुक्ति मापदण्डविपरीत रहेकाे उल्लेख गर्दै काेषकै भरत मरासिनीले २९ पुसमा दायर गरेकाे रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्ताे आदेश गरेकाे हाे । पुन पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् ।

पुनको नियुक्तिको विषयमा संसदीय समितिले पनि प्रश्न उठाएको थियो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पुनकाे नियुत्तिको कागजात मागेको थियो ।


प्रकाशित : २०८० माघ ८, सोमबार १०:५६ गते

ताजा समाचार