संघीय संसद्‌को हिउँदे अधिवेशन माघ २२ मा आह्‍वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबारका दिन ४ बजे आव्हान गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ९ को सिफारिसमा उनले संसद्‌ अधिवेशन आव्हान गरेका हुन्।

संसद्‌का हिउँदे र वर्खे गरी दुई अधिवेशन हुने गर्छन्। अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।


प्रकाशित : २०८० माघ १०, बुधबार १७:४९ गते

ताजा समाचार