काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् ।
राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।
बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिए । उनले भने, ‘उहाँ कार्यव्यस्तताले नजानुभएको हो । बेलुकासम्म पनि जानु हुन्न ।’
राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।
प्रकाशित : २०८० माघ ११, बिहीबार १३:४७ गते