सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराजलाई हटाइयो


काठमाडाैँ । सुदूरपश्चिम प्रदेशस्थित माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएका छन् ।

शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको दुईतिहाइ बहुमतले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट भट्टलाई हटाएको प्रदेशसभाका सांसद अक्कल रावलले जानकारी दिए ।

‘आज बसेको दलको बैठकमा मतदान हुँदा भट्टको पक्षमा चार र मानबहादुर धामीको पक्षमा ७ मत पर्‍यो । धामी दुईतिहाइ मतबाट दलको नयाँ नेता चयन हुनुभयो,’ उनले भने ।

नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित हुन् । उनी पहिलो कार्यकालमा वनमन्त्री पनि बनेका थिए । सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ । मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टलाई दलको नेताबाट नै हटाइएको छ ।


प्रकाशित : २०८० माघ १२, शुक्रबार १४:३८ गते

ताजा समाचार