सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरु


सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने सन्दर्भमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलमा बहुमत रहेको झलनाथ खनाल माधव नेपाल पक्ष सरकारबाट समर्थन फिर्ता लिने मनस्थितिमा देखिएको छैन । सरकारबाट फिर्ता हुने विषयमा खनाल नेपाल पक्षमा एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको थियो । तर सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । साथै आफ्ना मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकारबाट बाहिरिन केन्द्रको निर्देशन छ ।


प्रकाशित : २०७८ जेष्ठ १२, बुधबार ०६:३२ गते

ताजा समाचार