
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबीच अहिले सिंहदरबारमा वार्ता चलिरहेको छ । उनीहरूबीच संसद् बैठक, विभिन्न विधेयकसहित समसामयिक विषयमा कुराकानी भइरहेको बताइएको छ ।
माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरू हुँदै छ ।
प्रकाशित : २०८० माघ १९, शुक्रबार १०:३० गते