एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन


काठमाडाैँ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता समीकरणको दल नेकपा माओवादी केन्द्रको समर्थनमा सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय इलाममा उम्मेदवारी दर्ता गराउनु अघि जुलुससहित सुहाङले इलामको रत्नचोकमा रत्नकुमार वान्तवा र वन वान्तवाको शालिकमा माल्यार्पण गरेका थिए ।

उनले राष्ट्रिय विभूतिहरू भानुभक्त आचार्य र शंखधर साख्वाको सालिकमा पनि माल्यार्पण गरे ।

यस अघि बुवा (सुवासचन्द्र नेम्वाङ)ले नै जितेको क्षेत्रमा छोरा सुहाङ एमालेबाट उम्मेदवार बनेका हुन् ।

२०७९ मा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए । यसपटक फेरि पनि कांग्रेसले खड्कालाई नै उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराउँदैछन् । स्वतन्त्र, पहिचानवादी, नेकपा एकीकृत समाजवादी, नेमकिपाका उम्मेदवारले पनि मनोनयन गर्दा गराइसकेका छन् ।


प्रकाशित : २०८० चैत्र २४, शनिबार १५:१८ गते

ताजा समाचार