एमएमएस फ्रेन्डसीप कप: नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै


काठमाडौं । भारतमा जारी एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदान हुन लागेको फाइनल खेलमा गुजरातविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको हो। नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन्। आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गरेको छ।

नेपालका कप्तान रोहित पौडेल,सोमपाल कामी,अविनास बोहोरा र आशिफ शेख टोली फर्किएका छन् भने आकाश चन्द,प्रतिश जिसी,ललित राजवंशी र अनिल शाहलाई बाहिर राखेको छ। सिरिजका दुई खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो।


प्रकाशित : २०८० चैत्र २५, आईतवार १३:४५ गते

ताजा समाचार